गोरखामा टयाक्टर दुर्घटना हुँदा चार जना गम्भीर घाइते

गोरखा | भदौ ३०, २०८०

गोरखामा टयाक्टर दुर्घटना हुँदा चार जना गम्भीर घाइते

गोरखा:    गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।


जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा सप्तरी घर भएका ४१ वर्षीय रामबिलास यादव, पालुङटार नगरपालिका –९ मिरकोटका वर्ष २३ का महेश थापा, गोरखा नगरपालिका –३ नारेश्वरका ७४ वर्षीय भुवन थापा र सोही ठाउँका ५० वर्षीय भोजराज ढकाल घाइते भएका छन् । 


गम्भीर घाइते ४ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । बालुवा बोकेर जाँदैगरेको ट्याक्टरको ओरालो बाटोमा दुवै टायर पङचर भएर दुर्घटना परेको श्रेष्ठले बताए ।
 

टायर पङचर भएपछि टयाक्टर अनियन्त्रित भई नाला नजिकै धारामा पल्टिएको थियो । पल्टने बित्तिकै स्थानीय नागरिकहरूले उद्धार गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्